ट्रम्पले पेरिस सम्झौताबाट हट्ने प्रक्रिया बढाए

ट्रम्पले पेरिस सम्झौताबाट हट्ने प्रक्रिया बढाए

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिसमा भएको जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अमेरिकालाई हटाउन संयुक्त राष्ट्रसंघमा औपचारिक प्रक्रिया थालेका छन् ।

उनले त्यसको औपचारिक जानकारी राष्ट्रसंघलाई  दिएका छन् । 

विश्वका वैज्ञानिक र सरकारहरूले ग्लोबल वार्मिंङको चुनौतीलाई सामना गर्नुपर्ने  आवश्यकतामा जोड दिइरहेका बेला त्यससम्बन्धी अन्तर्राष्ट्रिय पेरिस जलवायु सम्झौताबाट अमेरिकाले हटने कदम बढाएको हो ।

यो सम्झौताबाट हटने हरितगृह ग्यास निकिाल्ने र तेल तथा ग्यास उत्पादक अगुवा देशहरूमा अमेरिका मात्र रहने भएको छ ।

 अमेरिकी विदेशमन्त्री माइक मोम्पेओले राष्ट्रसंघलाई जानकारी दिएर पेरिस सम्झौताबाट हटने प्रक्रिया अगाडि बढाएको जनाएका छन् ।

तर फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनको सहयोगी एक उच्च अधिकारीले अमेरिकाको यो कदमप्रति दुःख व्यक्त गरेको छ ।

फ्रान्सेली राष्ट्रपतिको चीन भ्रमणका बेला दुई देशबीच जलवायु र जैविक विविधताको संरक्षणका लागि फ्रान्स र चीनबीचको साझेदारी थप बलियो हुने विश्वास उनले व्यक्त गरेका छन् ।

पेरिस सम्झौता अपरिवर्तनीय भएको अनुच्छेद सहितको एक सम्झौता बुधबार म्याक्रोन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच  हुने अपेक्षा गरिएको छ ।

सन् २०२०को राष्ट्रपति निर्वाचन सकेको एक दिन पछि अमेरिकाले पेरिस सम्झौताबाट हटन गरेको यो प्रक्रिया पूरा हुने राष्ट्रसंघलाई पठाइएको अमेरिकी विदेश विभागको पत्रमा उल्लेख गरिएको छ ।

पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा यो पेरिस सम्झौतामा अमेरिकाले हस्ताक्षर गरेको थियो ।

ओबामाले हरिग गृह उत्सर्जन कटौतीलाई सन् २०१५सम्म सन् २००५को स्तरको तुलनामा २६–२८ प्रतिशतसम्मको कटौती अमेरिकाले गर्ने गरी  सम्झौता गर्न लगाएका थिए ।

ट्रम्पले यो सम्झौताको विरोध र्गै यसबाट हट्ने जनाउँदै आएका थिए । ट्रम्पले चीनलिे बढी प्रदुषण फालेको आरोप लगाउँदै हटने निर्णय गरेको उनले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँगको व्यापार युद्धमा अमेरिकालाई धकेलेको छ । अहिले दुई देशबीचको नयाँ व्यापार सम्झौता सम्बन्धी विषयमा छलफल भइरहेको छ ।