नेपालको इन्टरनेट स्पिड भारतको भन्दा बढी

नेपालको इन्टरनेट स्पिड भारतको भन्दा बढी

काठमाडौ । नेपालको इन्टरनेट स्पिड भारतको भन्दा धेरै भएको पाइएको छ ।

मोबाइल इन्टरनेट स्पिडको आधारमा भारत विश्वमा १२८औं नम्बरमा छ ।ब्रोडब्यान्ड स्पिडको विश्लेषण गर्ने कम्पनी ‘ओकला’ले सेप्टेम्बर २०१९मा गरेको अध्ययन प्रतिवेदनले यस्तो जनाएको हो ।

भारतलाई  इन्टरनेट स्पिडको मामिलामा नेपाल लगायत श्रीलंका र पाकिस्तानले पछि पछाडि पारेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तर ल्यान्डलाइन ब्रोडब्यान्डको स्पिडको मामिलामा भारत दक्षिण एसियाली देशहरू भन्दा धेरै अगाडि रहेको छ । यो आधारमा भारतको स्थान ७२औं स्थानमा छ ।

ओकलाको वैश्विक स्पिड परीक्षण सूचाकांकको अनुसार विश्वमा औसत डाउनलोड स्पिड २९.५ मेगाबिट प्रतिसेकेन्ड(एमबीपीएस) र अपलोड स्पिड ११.३४एमबीपीएस रहेको छ । भारतमा अपलोड स्पिड ४.३८एमबीपीएस र डाउनलोड स्पिड ११.१८ रहेको पाइएको छ ।

९५.११एमबीपीएस डाउनलोड र १७.५५एमबीपीएस अपलोड स्पिडका साथ दक्षिण कोरिया शीर्ष स्थानमा रहेको जनाइएको छ ।

४जी नेटवर्कको आधारमा भारतले ८७.९प्रतिशत हिस्सा ओगटेको छ । मोबाइल नेटवर्कको आधारमा श्रीलंका ८१औं स्थान, पाकिस्तान ११२औं स्थान र नेपाल ११९औ स्थानमा रहेको पाइएको छ ।