शेयरबजारमा सामान्य सुधार

शेयरबजारमा सामान्य सुधार

साताको दोश्रो दिन सोमबार शेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । सोमबारको कारोबारमा ०.९७ अंकले बढेर ११४०.२६ विन्दुमा आइपुगेको छ । १६३ कम्पनीको १९ करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ७ लाख ५९ हजार ७१२ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ११ वटा समूहको कारोबार भएकामा ७ समूहका सूचक माथि लागेका छन् । बाँकी समूह घटेका हुन् । वाणिज्य बैंक समूहको सूचक ०.९२ अंकले तल झरेको छ । 
 
कारोबार रकम उच्च हुनेहरुमा नविल बैंक र प्रभु बैंक रहेका छन् । ति बैंकहरुले गत आ.ब. को लाभांष घोषणा गरिसकेकोले लाभांष हातपार्न कारोबारी सक्रिय हुँदा उच्च कारोबार भएको हो । नबिलको १ करोड ९८ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । सबैभन्दा बढी कमाउनेमा ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ता परेका छन्, उनीहरुले ९.९३ प्रतिशतले कमाएका छन् । सोमबार मात्र २५प्रतिशत लाभांश घोषणा गरेको चिलिमेको भाउ ६.२४प्रतिशत ले बढेको छ । सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले ४.८३प्रतिशतका दरले गुमाएका छन् ।