राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन

काठमाण्डौ, १८ कात्तिक । अनियमितताको अरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन भएको छ ।

सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिलले जानकारी दिए ।
समितिमा श्रीराम पौडेल, रामजी रेग्मी र सुवोधकुमार कर्ण छन् । आरोप लागेर छानविन समिति बनेपछि श्रेष्ठको पद स्वतः निलम्बनमा परेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार उनी स्वतः निलम्बनमा परेको नागिलाले जानकारी दिए।

मन्त्रिपरिषद्को बैठकले नै श्रेष्ठविरुद्ध खराब कर्जा लुकाउन सहयोग गरेको आरोपबारे छानविन गर्न  राष्ट्र बैंकको सञ्चालक समितिलाई सिफारिस गरेको थियो । श्रेष्ठमाथि कारबाहीको सिफारिस गर्न आइतबार सञ्चालक समितिको बैठक बसेपनि कुनै निर्णय गर्न सकेको थिएन ।

श्रेष्ठमाथि प्रक्रिया पूरा नहुँदै विभिन्न कम्पनीको लाभांश विदेश लैजान सहयोग गरेको र विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको आरोप लागेको छ । आरोप पुष्टि भएका राष्ट्र बैंकको सञ्चालक समितिले कारबाहीको लागि सरकारलाई सिफारिस गर्नेछ ।