चीनले अनुमति जनाए परिवहन सम्झौता कार्यान्वयनमा आउने

चीनले अनुमति जनाए परिवहन सम्झौता कार्यान्वयनमा आउने

काठमाडौ । चीन नेपालबीच भएको परिवहन तथा यातायात सम्झौतामा चीनले प्रतिक्रिया जनाएपछि कार्यान्वयनमा आउने सरकारी अधिकारीहरूले बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्पन्न राजकीय भ्रमणमा भएका सम्झौताहरूलाई प्राथमिकतामा राखेर सम्बन्धलाई विस्तार गर्नुपर्ने आवश्यकता भएकाले चीनको तर्फबाट प्रतिक्रिया जनाउन नसकिएको अधिकारीहरूको भनाइ रहेको छ ।

यी दुई देशबीच सम्झौता भए अनुसार दुबैले त्यसबारे प्रतिक्रिया जनाउनु पर्ने र त्यो जनाएपछि  सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

यो सम्झौताको धारा १५मा दुबै पक्षले जानकारी गराएको एक महिना पछि यो सम्झौता कार्यान्वयनमा आउने  उल्लेख भएको छ ।

यो सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनको तियानजिन, सेन्जेन, लियायुङगाङ र झाजियाङ मध्ये तीनको उपयोग गर्न पाउनेछ । यो बन्दरगाह तेस्रो मुलुकसँग व्यापार गर्न प्रयोग गर्न पाउने गरी गरिएको हो ।

दुबै तर्फका सरकारी अधिकारीहरूका अनुसार चीनको तर्फबाट यसबारे प्रतिक्रिया जनाउन बाँकी रहेको छ ।