फरार अभियुक्त छ वर्षपछि पक्राउ

फरार अभियुक्त छ वर्षपछि पक्राउ

फरार एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले छ वर्षपछि पक्राउ गरेको छ । चिनियाँ युआन बोकेर हिँडिरहेको अवस्थामा विसं २०७० मा सुर्खेतबाट पक्राउ परेका मुगु कार्मारोङ गाउँपालिका– २ का सोनाम तामाङ त्यसबेला तारेखमा रिहा भएका थिए । 

सुर्खेत जिल्ला अदालतले २०७० जेठ २२ गते रु ३० लाख ५० हजार २४४ जरिवाना तोकेपछि उनी फरार रहेका थिए । विसं २०७२ वैशाख ७ गते पुनरावेदन अदालतले पनि सुर्खेत जिल्ला अदालतकै निर्णयलाई सदर गरेको थियो । गोप्य सूचनाका आधारमा शुक्रबार प्रहरीले चन्दननाथ नगरपालिका– ५ कालेखोलीबाट तामाङलाई  पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले बताए। आज पत्रकार सम्मेलनमार्फत छ वर्षदेखि फरार अभियुक्तलाई सार्वजनिक गरिएको हो ।