प्रधानमन्त्रीको डायलाइसिसका कारण नेकपाको सचिवालय र मन्त्रिपरिषदको बैठक अनिश्चित

प्रधानमन्त्रीको डायलाइसिसका कारण नेकपाको सचिवालय र मन्त्रिपरिषदको बैठक अनिश्चित

काठमाडौं, १७ कात्तिक । आइतबार बस्न लागेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक र मन्त्रिपरिषदको बैठक अनिश्चित भएको छ । प्रधानमन्त्रीको डायलाइसिसपछि मात्र दुबै बैठकको समय तय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालय बैठकले उपचुनावका लागि उम्मेद्वार टुंगो लगाउने सम्भावना रहेको नेताहरुले बताएका छन् । शनिबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।