प्रधानमन्त्री ओलीको आज तेस्रो डायलाइसिस हुँदै

प्रधानमन्त्री ओलीको आज तेस्रो डायलाइसिस हुँदै

काठमाण्डौ, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको तेस्रो डायलाइसिस आइतबार गरिने भएको छ । प्रधानमन्त्री ओलीको धापासीमा रहेको ग्राण्डी अस्पतालमा डायलाइसिस हुने भएको हो ।

रगतमा पानीको मात्रा धेरै भएपछि गएको बुधबार र बिहीबार पनि प्रधानमन्त्री ओलीको रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो । उनको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने डाक्टरले बताएका छन् ।

१२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि अब कि नियमित डायलासिस गर्नुपर्ने कि फेरि पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने डाक्टरले बताएका छन् ।तर बुधबार र बिहिबार गरिएका जाँचको रिपोर्ट आएपछि मात्र थप निर्णय गर्ने डाक्टरहरुको तयारी छ ।