उपनिर्वाचनको उम्मेदवार छान्ने सकसमा राजनीतिक दल

उपनिर्वाचनको उम्मेदवार छान्ने सकसमा राजनीतिक दल

काठमाडौ । खाली पद पूर्तिका लागि हुन लागेको उपनिर्वाचनको मनोनयनका लागि प्रमुख दलहरूलाई उम्मेदवार छान्न सकस परेको देखिएको छ । उपनिर्वाचनमा सबै गरी ५२ पद पूर्तिका लागि निर्वाचन हुने भएको छ ।

संघीय संसदका लागि प्रतिनिधिसभा सदस्य १, प्रदेशहरूका तीन सदस्य, ४८ जना पालिका, वडा तहका प्रमुखहरूका गरी उपनिर्वाचन हुने भएको छ । 

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टी,प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय समाजवादी पार्टी  मध्ये कसैले उम्मेदवार छान्न सकेका छैनन् ।

सबैले एक अर्कालाई पर्खिबसेको देखिएको छ। पार्टीहरूका अनुसार आजभोलिमा उम्मेदवारको टुंगो लगाउने देखिएको छ ।

पार्टीहरूले उम्मेदवार छान्न बसेको भनेपनि निर्णय सार्वजनिक भने गर्न नसकेको देखिएको हो ।

सत्ताधारी नेकपाले आइतबार टुंगो लगाउने जनाएको छ । प्रमुख प्रतिपक्षीले पनि आइतबार नै टुंगो लगाउने जनाएका छन् ।

यी दुई पार्टीले टुंगो लगाइसके पछि समाजवादी र राजपाले टुंगो लगाउने देखिएको छ ।