अमेरिका चीनबीचको व्यापार युद्ध तनाव घट्ने 

अमेरिका चीनबीचको व्यापार युद्ध तनाव घट्ने 

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएपछि दुई देशबीचको व्यापार युद्धको तनावमा कमी आउने अपेक्षा गरिएको छ ।

विश्वका दुई ठूला अर्थतन्त्रबीचको १६ महिने व्यापार युद्धको अन्त्य हुने अपेक्षा गरिएको छ ।

पहिलो चरणमा हुन लागेको अमेरिका चीनबीचको सम्झौतावार्ताले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अमेरिकामा हुने हस्ताक्षर हुने आशा बढाएको राष्ट्रपति ट्रम्पले जनाए ।

यसअघि यो हस्ताक्षर कार्यक्रम चिलीमा नोभेम्बर १६–१७मा हुने अपेक्षा थियो । एसिया प्यासिफिक इकोनोमिक कोपरेसन शिखर सम्मेलनको क्रममा ट्रम्प र सीबीच हस्ताक्षर हुने कार्यक्रम थियो ।

तर यो आयोजना गर्ने जिम्मेवारीबाट चिली अस्वीकार गरेपछि दुई देशबीचको हस्ताक्षर कार्यक्रम अमेरिकी प्रान्तमा हुने भएको छ ।

अमेरिका चीन व्यापार युद्धले अमेरिकाको सोयाबिन्स लगायतको कृषि उपज चीनमा हुने निर्यातलाई घटाएको छ ।

विगत दुई वर्षमा सोया उपजाउने किसानलाई सहयोग गर्नुपरेको २८ अर्ब अमेरिकी डलरको सहयोग गरिएको छ ।