नेपाली सेनाको नयाँ विमान भोली नेपाल आउँदै

नेपाली सेनाको नयाँ विमान भोली नेपाल आउँदै

नेपाली सेनाको नयाँ विमान भोली इन्डोनेसियाबाट आउँदैछ । सेनाले खरिद गरेको सीएन २३५–२२० विमान शनिबार इन्डोनेसियाबाट नेपाल ल्याउन लागिएको हो । नेपाली सेनाको माग अनुसार उक्त विमान इन्डोनेसियाली सरकारी लगानीको विमान कम्पनी पीटी डिरगन्तारा इन्डोनेसिया ले बनाएको हो ।

शनिबार नेपाल आइपुग्ने उकत विमानसामान बोक्न प्रयोग गरिने बताइएको छ । सेनाले सन् २०१७ मा विमान निर्माणको सम्झौता गरेको थियो । पाण्डेले विमान खरिदको मूल्यबारे जानकारी नदिएपनि स्रोतका अनुसार करिब तीन अर्ब रुपैयाँमा खरिद गरिएको हो ।