महाभियोग विरूद्ध ट्रम्पको बचाउ

महाभियोग विरूद्ध ट्रम्पको बचाउ

काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि निर्वाचित भएर आउन गरेको दृढ अभिव्यक्ति र कानुन भंग गर्ने गरी आफूलाई प्रस्तुत गरेको कारण आफैलाई समस्यामा पारेका छन् ।


युक्रेनसँग शक्तिको दुरूपयोग गरेको विषयले ट्रम्पमाथिको दबाब बढदै गएको छ । सन् २०१६कै चुनाव अभियानका क्रममा ट्रम्पले गरेका अभिव्यिक्तिले उनले कानुनको उल्लंघन गर्ने देखिएको छ ।

प्रतिपक्षी दल डेमोक्रेट्सले महाभियोगबाट ट्रम्पलाई पदच्युत गराउने प्रयास गरेको देखिएकै छ । भ्रष्टाचार , व्यक्तिगत लाभ र राष्ट्रपति पदको दुरूपयोग जस्ता विषय उनीहरूले उठाइरहेका छन् ।

आफूमाथि लगाउन खोजिएको महाभियोगबाट आफूलाई बचाउँदै ट्रम्पले आफूलाई बलियो रूपमा प्रस्तुत गरेका छन् ।

अमेरिकी सदनको बहुमतले राष्ट्रपति विरूद्धका महाभियोगले लामो समय लिने देखिएको छ । ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरूले उनको बचाउका लागि प्रयास गरिरहेका छन् ।

  युक्रेनलाई दिइने सैनिक सहयोग रोक्न ट्रम्पले गरेको विषयका धेरै साक्षी रहेका छन् । यो विषयमा देखिएका प्रमाणहरूले शक्तिको दुरूपयोग गरेको देखिन्छ । यो विषयमा कुनै पनि स्वीकारोक्ति ट्रम्पलाई थप समस्यामा पार्ने भएकाले उनले प्रतिपक्षी अडान लिइरहेका छन् ।

युक्रेनका राष्ट्रपतिसँग गरेको फोनवार्तामा ट्रम्पले स्पस्ट बोलेको जो कोहीले बुझ्न सक्ने देखिएको छ । तर ट्रम्पले डेमोक्रेट्सहरू बहुलाएका छन् । उनीहरूसंग केही नभएको उनले अडान लिएका छन् ।

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले भनिन“ रिपब्लिकनहरू सत्यबाट किन डराइरहेको बुझ्न सकेको छैन् ।हरेक सदस्यले अमेरिकी जनताले सुन्न चाहेको सत्यका बारेमा सहयोग गर्नुपर्छ । त्यसैले यो मतदान भएको हो ।”

महाभियोगबाट ट्रम्पको पतनबारे अझ प्रक्रियालाई कुर्नुपर्ने देखिएको विश्लेषकहरूको भनाइ रहेको छ ।