प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा, पाएनन् भेट्न

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा, पाएनन् भेट्न

काठमाण्डौ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ग्राण्डी अस्पताल पुगेका छन् ।

त्यहाँ पुगेर उनले उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

बिहीबार दोस्रो पटक डायलाइसिस भइरहेकाले दुवै अध्यक्षबीच दाहोरो कुराकानी नभए पनि ‘प्रचण्ड’ले चिकित्सकहरुसँग ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीको स्वास्थ्य जाँच गराइरहेका एक चिकित्सकले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको बुधबारदेखि ग्राण्डी अस्पतालको आईसीयूको बेड नम्बर १४१६ मा राखेर उपचार भइरहेको छ । बुधबार पहिलो पटक डायलाइसिस भएको प्रधानमन्त्री ओलीको बिहीबार पनि डायलाइसिस भइरहेको छ ।