सपिङ मलको विज्ञापन बोर्डमा अचानक 'पोर्न फिल्म' चलेपछि...

सपिङ मलको विज्ञापन बोर्डमा अचानक 'पोर्न फिल्म' चलेपछि...

न्यूजिल्याण्डको अकल्याण्ड शहरको एक सपिङ मलमा अनौठो घटना घटेको छ । जुन घटनाले उक्त मलमा सपिंग गर्न गएकालाई हैरान बनायो ।

मलमा विज्ञापनको लागि राखिएको स्क्रिनमा अचानक पोर्न फिल्म चल्न थाल्यो । न्यूजिल्याण्ड हेराल्डका अनुसार बजार गर्न गएका मानिसहरु यो देखेर निकै असहज भए तर फिल्म रोकिएन । फिल्म घण्टौंसम्म चलिरहेको समाचारमा जनाइएको छ ।

यो भिडियो ह्या’करहरुले बजारको सिस्टम ह्याक गरेर चलाएको बताइएको छ । फिल्म घण्टौंसम्म चल्दा पनि कसैले बन्द गरेनन् । कर्मचारीले आएर स्क्रिनलाई नै बन्द नगर्दासम्म फिल्म चलिरह्यो । सपिङ मल संचालक कम्पनी एसिक्सका एक प्रवक्ताले यो कुराको पुष्टि गर्दै प्रवेश द्वारको माथिको स्क्रिन ह्या’क गरिएको र त्यसमा अश्लिल फिल्म चलाइएको बताए । कम्पनीले यो घटनाको विषयमा माफी मागेको छ ।

यो घटनाकी एक प्रत्यक्षदर्शी तान्या लीले न्यूजिल्याण्ड हेराल्डलाई बताएअनुसार उनी आफ्ना ७ वर्षका छोरालाई लिएर नाश्ताको लागि जाँदै थिइन् त्यही बेला अचानक ठूलो स्क्रिनमा अश्लिल भिडियो चल्न थाल्यो ।
लीले भनिन् ‘यो देखेर मैले बाटो फेरेर अर्को बाटो गएँ तर मलाई विश्वस भइरहेको थिएन कि मैले के देखें ।’ लीले यो घटनालाई पुरे अनुचित बताउँदै अगाडि भनिन् ‘यो यस्तो थियो जो तपाइँ बच्चालाई देखाउन चाहनुहुन्न ।’एजेन्सी