प्रधानमन्त्रीको दोस्रो डायलासिस जारी, अस्पतालमा नेताहरुको भिड

प्रधानमन्त्रीको दोस्रो डायलासिस जारी, अस्पतालमा नेताहरुको भिड

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको ग्राण्डी अस्पतालको आइसियूमा राखेर दोस्रो पटक डायलासिस भइरहेको छ । 

प्रधानमन्त्रीको डायलासिस जारी रहेकाले आफूले नभेटी फर्किएको र चिकित्सकहरु पनि उपचारमा व्यस्त रहेकाले केही कुराकानी हुन नसकेको उनले बताए । उनी बिहीबार दिउँसो सवा १ बजे अस्पताल पुगेका थिए।

यसैबीच नेकपाका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि आजै प्रधानमन्त्री भेट्न ग्रान्डी पुगेका थिए। तर डायलासिस भइरहेकाले उनले पनि प्रधानमन्त्रीसँग भेट गर्न पाएनन् । श्रेष्ठका अनुसार उनको अस्पतालका निर्देशक चक्रराज पाण्डेजीसँग भने कुरा भएको थियो। उहाँले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो छ भन्नुभयो,’ श्रेष्ठले भने ।

स्रोतका अनुसार ओलीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो। पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको जनाइएको छ ।