गुडिरहेको रेलमा आगो दन्किदा ६० जनाभन्दा बढीको मृत्यु

गुडिरहेको रेलमा आगो दन्किदा ६० जनाभन्दा बढीको मृत्यु

पाकिस्तानको कराची शहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगो दन्किदा ६० जनाको ज्यान गएको बीबीसीले जनाएकोछ  ।  बीबीसीका अनुसार पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा भयानक आगो लागेको थियो ।  

प्राप्त जानकारी अनुसार कम्तीमा ६० जना मारिएको पुष्टि भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । रेलका यात्रीहरूको साथमा खाना पकाउने सामान, सिलिन्डर तथा स्टोभ थिए।तिनै सिलिण्डर पड्किँदा आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ती सञ्चारमाध्यममा उद्धृत गरिएका अधिकारीहरूले कतिपय मानिसको जलिरहेको रेलबाट हाम फाल्न खोज्दा मृत्यु भएको थियो। आगलागीको क्रममा दुईवटा स्टोभ पड्किए। उनीहरू खाना पकाउँदै थिए। उनीहरूको साथमा तेल पनि थियो जसले आगो झन् फैलन पुग्यो ।

पाकिस्तानी रेलमा यात्रुहरू स्वयंले खाना पकाउन स्टोभसहित यात्रा गर्ने हुँदा त्यो समस्या बनेको छ। दुर्घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगरनजिकै रहेको छ।