कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिमबीच झडप, प्रशासनद्वारा अनिश्चितकालिन कर्फ्यू आदेश

 कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिमबीच झडप, प्रशासनद्वारा अनिश्चितकालिन कर्फ्यू आदेश

कपिलवस्तु, १४ कात्तिक । हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू लगाइएको छ । लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा झडप हूँदा स्थिति नियन्त्रणबाहिर जाने अवस्था देखिएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यूको आदेश जारी गरेको हो । 

प्रहरीका अनुसार अहिले केही राउण्ड हवाई फायरसमेत गरिएको छ । बुधबार साँझ कृष्णनगर नगरपालिकाका वडा नम्बर १,२ र ३ का १३ वटा लक्ष्मीका मूर्ति विसर्जन गर्ने कार्यक्रम थियो ।

प्रहरीका अनुसार साँझ साढे ६ बजे कृष्णनगर नगरपालिका–२ झण्डेनगरमा मूर्ति भएको गाडी स्थानीय मुस्लिम समुदायका व्याक्तिहरुले रोक्न खोजेका थिए । त्यही विषयमा विवाद हुँदा दुवै पक्षबीच ढुङ्गा हानाहान समेत भएको थियो । प्रहरीका अनुसार बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिनका लागि २० सेल आश्रुग्यास प्रहार गरिएको थियो ।