श्रीमान्को ढुंगा प्रहारबाट श्रीमतीको हत्या 

श्रीमान्को ढुंगा प्रहारबाट श्रीमतीको हत्या 

धरान, १४ कात्तिक । धरान–१५ खोरिया बस्तीमा श्रीमानले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान–५ पानवारी माइती बस्दै आएकी बीना हिजो मात्रै घर आएकी थिइन् ।  

एकअर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।  सूचना पाएपछि घटनालगत्तै प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान् अर्जुनलाई गएराति ११ः३० बजे नै सेउतीखोला पुल नजिकबाट नियन्त्रणमा लिएको जनाइएको छ ।