महराको आज थुनछेक बहस हुँदै 

महराको आज थुनछेक बहस हुँदै 

काठमाडौं, १४ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराको बिहीबार थुनछेक बहस हुँदै छ । आजको बहसबाट धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने भन्ने टुंगो लाग्ने छ ।

महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने गरिने छ । 

उनलाई संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि १९ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।