विश्वरभरका मानिसको पुख्यौंली थाँतथलो बोत्सवाना भएको दाबी

 विश्वरभरका मानिसको पुख्यौंली थाँतथलो बोत्सवाना भएको दाबी

काठमाडौ । विश्वभरिको मानिसको पुख्यौंली थाँतथलो बोत्सवाना भएको दाबी गरिएको छ ।  जलवायु परिवर्तन पछि १ लाख वर्ष पहिले उनीहरू विश्वभर ं विस्थापित भएर गएको अनुसन्धानकर्ताहरूले दाबी गरेका हुन् ।

नेचर जरनलमा प्रकाशित रिपोर्ट अनुसार विश्वभर मानिस फैलिनु अघि उनीहरूको पुख्र्यौली थाँतथलो बोत्सवाना थियो । यो अध्ययनका लागि वैज्ञानिकहरूले  अफ्रीकी देशका मानिसहरूको ‘माइटोकान्ड्रियल डीएनए’ को विश्लेषण गरेका थिए । १२०० जति मानिसको  डीएनए परीक्षण गरिएको थियो ।

शोधकर्ताहरूका अनुसार झण्डै २ लाख वर्ष पहिले अहिलेका मानिसहरूको पुर्खा  पैदा भए । त्यसपछि बोत्सावानाका अन्य क्षेत्र , नामिबिया र जिम्बाब्वेमा उनीहरूको फैलाव भयो । यो क्षेत्र त्यतिखेर मानिसहरूको बसोबासका लागि अनुकूल थियो । उनीहरू झण्डै ७० हजार वर्षसम्म यही क्षेत्रमा बसोबास गरे । 

अस्ट्रेलियाको  गारवन इन्स्टिच्युट अफ मेडिकल रिसर्चका  एक प्रोफेसर वैनेसा हेस तथा उनका सहयोगीहरूले नामिबिया र दक्षिण अफ्रीकाका केही मानिसहरूको रगत नमूना संकलन गरेका थिए । त्यसपछि उनीहरूको ‘माइटोकान्ड्रियल डीएनए’ परीक्षण गरियो । हैसले जनाएअनुसार  ‘माइटोकान्ड्रियल डीएनए’ टाइम क्याप्सूलजस्तो  काम  गर्ने गर्छ र यसले पुस्तादर पुस्ता परिवर्तन हुन्छ ।

भूवैज्ञानिक प्रमाणहरूका आधारमा यो क्षेत्रमा ं अफ्रीकाको सबै भन्दा ठूलो  ताल थियो । जसलाई मकगाड़ीक्गाड़ीको नामले चिनिन्छ । सो अध्ययन प्रतिवेदनका अनुसार  जलवायु कम्प्युटर मोडल सिमुलेशनले दिएको  संकेतको आधारमा पृथ्वीको धुरीको सुस्त गतिका कारण यो क्षेत्रमां वर्षा हुन थालेको थियो । दक्षिण कोरियाको ंपुसान नेशनल यूनिवर्सिटीका  प्रोफेसर एक्सल टिम्मरम्यानका अनुसार  जलवायुमा भएको परिवर्तनले गर्दा वनस्पतियको उत्पत्ति शुरू भयो ।

टिम्मरम्यानले जनाए अनुसार १ लाख ३० हजार वर्ष पहिले उत्तर पूर्वमा र फेरि झण्डै १ लाख १० हजार वर्ष पहले दक्षिण पश्चिममा हाम्रा पुर्खा विस्थापित हुन थालेका थिए