कफि पियक्कडका भित्रि अंग बढी स्वस्थ्य

कफि पियक्कडका भित्रि अंग बढी स्वस्थ्य

काठमाडौ ।कफि पियक्कडहरूको भित्रि अंग बढी स्वास्थ्य रहेको नयाँ अध्ययनमा पाइएको छ ।

कफिसम्बन्धी भएका बढी भन्दा बढी अनुसन्धानहरूले कफि पिउनेहरूको शरीर भित्रका ब्याक्टेरियाहरू बढी स्वस्थ्य भएकाले उनीहरूको स्वास्थ्यका लागि हितकारी भएको जनाएका छन् ।

दिनको एक कप कफि पिउनेको अस्वस्थ्यकर बोसो हटाउँछ, मोटोपनासँगको जलन घटाउँछ वा बुढयौलीमा मगजको सुरक्षा गर्छ ।

दिनको तीन कप कफि पिउनेको धमनीहरूलाई स्वस्थ्य राख्छ, क्यासियम थुप्रिनबाट रोक्छ र रगत जम्ने जोखिमलाई घटाउँछ ।

त्यतिमात्र कहाँ हो र कफि पिउनेको रगतमा भएको चिनीलाई नियन्त्रण गरी मधुमेहसँगको लडाइमा मदत गर्नुको साथै कलेजो स्वस्थ्य राख्नमा सघाउ पु¥याइ खुशी उपलब्ध गराउँछ ।

तर कफिले यतिका फाइदा कसरी पु¥याउँछ त्यसबारे अझ रहस्य खुल्न बाँकी रहेको जनाइएको छ ।

हस्टनको द बेलर कलेज अफ मेडिसनका डा. लि जिओले यो अध्ययन प्रतिवेदन लेखेका छन् ।