पृथ्वी बाहेक सौर्यमण्डलमा कहाँबाट आयो पानी ?

पृथ्वी बाहेक सौर्यमण्डलमा कहाँबाट आयो पानी ?

काठमाडौ । अन्य तारामण्डलबाट पृथ्वी भएको सौर्य मण्डलमा आएको धुमकेतुमा पानी भएको  पत्ता लागेको छ ।

अन्तरिक्षको अध्ययन गर्ने वैज्ञानिकहरूले  २१÷बोरिसोभ नामको धुमकेतुमा पानी भएको  पत्ता लगाएका हुन् । यो अनुसन्धान अहिलेसम्म पत्ता लागेको थिएन् ।

बोरिसोभको ठेगाना  ३० अगस्टमा एक सिकारू खगोलशास्त्रीले पत्ता लगाएका थिए । यो त्यहाँबाट हराउन अघि व्यावसायिक खगोलशास्त्रीहरूले अध्ययन शुरू गरेका थिए । 

धुमकेतुको सतहबाट  ग्यास बाहिर आइरहेको छ । यो ग्यासबाट पानीको संकेत पत्ता लगाउन यो क्षेत्रमा ठूलो सफलता भएको मानिएको छ ।

धुुमकेतुहरू सौर्य प्रणालीका लागि नौलो होइन् । तर प्रचुर पानी भएको धुमकेतुहरूले पृथ्वीमा मानिस बस्न सक्ने जस्तै अन्य ठाउँमा बस्न सक्ने सम्भवानालाई थप विश्वास दिनेछ ।

अमेरिकी अन्तरिक्ष अध्ययन संस्थान नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरले बोरिसोभको अध्ययन गरी यसको वरिपरि ठूलो परिमाणमा अक्सिजन प्राप्त गरिएको छ ।

उनीहरूका अनुसार त्यो अक्सिजन पानीको ठोस स्वरूप हिउँ सूर्यको तापबाट पग्लेर निस्किएको हो ।

अनुसन्धानकर्ताहरूका अनुसार बोरिसोभले प्रतिसेकेन्ड १९ किलोग्राम पानी उत्पादन गरिरहेको छ । अनुसन्धानकर्ता एडम म्याकेले यो पानीको अध्ययनले अन्य तारा मण्डलको प्रणाली बुझ्नु अन्तर्दृष्टि प्रादन गर्ने विश्वास व्यक्त गरे । 

बोरिसोभ आउँदो डिसेम्बर १०सम्म सूर्यको निकटतम स्थानसम्म जानेछ । यो ६ सातको अध्ययन वैज्ञानिक समुदायका लागि अत्यधिक महत्वपूर्ण हुनेछ ।