प्रधानमन्त्री आज अस्पतालमै रहने, यस्तो आयो विज्ञप्ती  

प्रधानमन्त्री आज अस्पतालमै रहने, यस्तो आयो विज्ञप्ती  

स्वास्थ्य परीक्षण पूरा नभएकाले प्रधानमन्त्री ओली धापासी स्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन् । यससँगै प्रधानमन्त्री बुधबार राति अस्पतालमा नै रहन सक्ने अस्पतालका मेडिकल डाइरेक्‍‍टर डा. चक्रराज पाण्डे र अस्पतालकै नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्यासिंह शाहले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

विज्ञप्तीमा ‘सम्माननीयज्यूको आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति वा भोलिसम्ममा यस हस्पिटलबाट डिस्चार्ज गरिनेछ’ उल्लेख गरिएको छ ।

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाएको छ ।