राष्ट्रिय क्रिकेट टोलीको कार्यवाहक कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त

राष्ट्रिय क्रिकेट टोलीको कार्यवाहक कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त

काठमाडौं, १३ कात्तिक । नेपाली क्रिकेट टिमको क्याप्टेन (कप्तान) मा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरिएको छ ।

पूर्व कप्तान पारस खड्काले राजनीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक समितिको सिफारिसले मल्ललाई कार्यवहाक कप्तानको जिम्मेवारी दिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

यसैगरी टिमको उपकप्तानमा दिपेन्द्रसिंह एैरीलाई नियुक्त गरिएको छ ।