खोटाङमा यात्रुबस दुर्घटना: १३ जना घाइते, दुईको अवस्था गम्भीर

खोटाङमा यात्रुबस दुर्घटना: १३ जना घाइते,  दुईको अवस्था गम्भीर

खोटाङ, १३ कात्तिक । खोटाङको हलेसी चुवाचुङ नगरपालिकाको कामिडाँडामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान दुर्घटना भएको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।