प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पताल पुर्‍याइयो

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पताल पुर्‍याइयो

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई धापासी स्थित ग्राण्डी अस्पताल पुर्‍याइएको छ। बुधबार बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा ल्याइएको अस्पताल स्रोतले जानकारी दियो । प्रधानमन्त्रीलाई के भएर अस्पताल पु¥याइएको हो भनेर खुलाइएको छैन । 


प्रधानमन्त्रीको २०६४ सालमा भारतमआ मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको डाक्टरहरुले बताउँदै आएका छन्। यस अघि पनि  सिंगापुरमा प्रधानमन्त्रीको प्लाज्मा थेरापी गरिएको थियो ।