पुरूषत्व संकटमा

पुरूषत्व संकटमा

आधुनिक पश्चिमा समाजमा पुरूष हुन के गर्नुपर्छ जहाँ सबै उदारवादी वस्तुको सहिष्णुता प्रगतिशील प्रणालीसँग असंगत हुने निर्णायक विचारहरूका लागि प्रगतिशील प्रणाली प्रतिरोधवादी विचारसँगै अतित्वमा हुन्छ? यो संसारमा पुरूषले कुनै परिचयका लागि काम गर्न सक्छ ?

भद्रभलादमी र शिष्टता प्रदर्शन गर्ने व्यक्ति भएर महिलाका लागि ढोका खोल्न वा आफ्नो स्थान छोडेर महिलाका लागि छोडने व्यवहार गर्दा पुरूषलाई परम्परागत सुधो पुरूषकोरूपमा लिइन्छ ।  जब महिला विरूद्ध प्रचण्ड व्यवहार गर्ने र केही घुटको पिएपछि महिलाका बारेमा राजनीतिकरूपमा गलत खाले चुटकिला भनिरहँदा पुरूषको विरोध पितृसत्ताको धङधङी बाँकी भएको रूपमा गरिन्छ । हठी कठोर पुरूषको व्यवहार गर्दा पुरूषत्वको मदमा अन्धो भनिन्छ । 

अन्ततः सर्वाधिक प्रखर महिलावादीको चाहना असल र खराब  दुबै क्षेत्रमा पुरूषहरूले आफ्ना सबै गुण दोषसहितको पुरूषत्वलाई समाप्त भएको चाहना राख्ने गर्नेछिन् ।

चिकित्सा , विज्ञान र प्रविधिको क्षेत्रमा सामाजिक टिप्पणीकर्ता मेडिकल डाक्टर तोमास्ज पियरसिओनेकले  भनेका छन् –गोरो मानिसहरूको कुनै समूहले महिलाहरू, अल्पसंख्यक जनजाति र बहुसंख्यक गोरो मानिसहरूको तुलनामा कम बाधाअवरोधको सामना गरेको सत्य हो भने बाँकीलाई ज्यालादेखि ज्यालासम्म बाँच्न संघर्ष गरिरहनु परेको बताएका छन् ।

उनका अनुसार विकसित तथा प्रभावशाली देशहरूमा, वर्गहरूबीचको फरक वा विशेषाधिकार उही वर्गका पुरूष तथा महिलाबीचको  फरक वा विशेषाधिकारमा धेरै ठूलो अन्तर रहेको छ । 

विगतमा कामगरी खाने वर्गका पुरूषहरूसँग स्थायी रोजगार हुन्थ्यो र त्यसले उनीहरू आफ्ना परिवारलाई पाल्दथे । स्थायी रोजगारको ह्रास भयो र यसले कम ज्याला र असुरक्षित रोजगारको अवस्थाले  पुरूषको पहिचान,आत्मसम्मान र गौरवको बोधलाई चिराचिरा पारिदियो । पुरूषको पहिचानको सवाल वर्गको मुद्दा जस्तै लैङ्गिक राजनीतिको एक मुद्दा छ ।

अमेरिकन साइकलजि असोसिएसनले हालै निर्देशिका निकालेको छ ।परम्परागत पुरूषत्वसँग जोडिएका गुणदोषका विषयहरू बारे निर्देशिकाहरूले सचेत गराएको छ । “हठीपना,प्रतिस्पर्धात्मकता, वर्चस्वता र आक्रमतालाई तत्वको रूपमा निर्णय गरिएको छ ।

अझ यी गुणदोषहरू(ट्रेट) दुईधारे तरवार हुन् । इतिहासको खास समयमा यसले आवश्यक भूमिमका निर्वाह गरेका छन् । यो निर्देशिकाको मस्यौदा लेख्न सघाउने एक साइकलजिस्टले हठीपन र आत्म बलिदान जस्ता गुण निसन्देह निर्णायक हुन सक्छ ।

उदाहारणका लागि पाषाणकालमा जंगली जनावरको शिकारका बेला यस्ता गुणको अभाव भए खतरनाक हुन सक्थ्यो । वा द्वितीय विश्वयुद्धका बेला पूर्वी मोचाको लडाइमा यस्तो गुणको अभाव भए खतरनाक हुन सक्थ्यो ।

 पुरूषलाई मानसिक स्वास्थ्यसँग सम्बन्धित यस्ता विषयमा गरिने छलफलमा प्रोत्साहन गराउनुपर्ने र सदैव आफ्ना सबै भावनालाई दबाएर राख्नुपर्ने आवश्यकताको बोध गर्नुपर्ने आवश्यकता नभएको जस्ता विषय सहभागी गराउनुपर्ने विषय सही हो भने यो स्वीकार गर्नुपर्ने हुन्छ कि अधिकांश पुरूषले सोच्ने र भावना व्यक्त गर्ने बाटो पुरूषले सोच्ने र भावना व्यक्त गर्ने बाटो फरक हुन्छ ।

पुरूषले कम बोलेर आफ्ना चाहनालाई जोगाएर राख्न चाहन्छन् भने महिलाले जतिखेर पनि भावनात्मक हुन सक्ने गरेको बुझिएको  विषय हो ।

पुरूष र महिलाले गर्ने ,सोच्ने र संवाद गर्ने बाटो फरक भएको विषय बुझ्नु महत्वपूर्ण विषय हो । सकारात्मक तथा नकारात्मक गुणदोषमा दुबै पुरूष र महिलाको उचित साझेदारी रहेका छन् । दुबै बीचको भिन्नता उनीहरूमा हुने आवश्यक कमी होइन र सम्भव भएसम्म एक अर्काको पूरकको रूपमा यसको समान मूल्यांकन गर्नुपर्छ । लैङ्गिक तटस्थतातर्फ यसलाई धकेल्नु हुँदैन जसले यसलाई स्वीकार गर्नुको साटो यसलाई धुमिल पार्ने काम गर्छ ।

त्यसो भए पुरूषका लागि अगाडि के छ त ? अरूले तय गरिदिएको भूमिका पुरूषले स्वीकार गर्ने हो वा  परिचित सहजतामा फर्कि बस्ने हो वा नकारात्मक  गुण तर्फ जाने हो ?

अहिलेको अवस्था समाजको बढदो महिलावादीकरण र पुरूषको पहिचानको विघटनबीचको अवस्था हो । ठीक त्यसैगरी प्रतिगामी र ध्वंसकारी महिला विरोधी विचारलाई बढावा दिएर यो खालीपनलाई भर्ने अवस्था हो । अझ नराम्रो विषय भनेको दुबै पक्षबाट चरमपन्थी विचार फैलाइएको छ जसले भिन्नता भन्दा समानताका आधारमा दुई समूहबीचको एकतालाई रोक्ने काम गरिरहेको छ ।

करिब १सय वर्ष अघि जर्मन माक्र्सवादी क्लारा जेत्किनले आफ्नो समयको बुजुर्वा महिलावादका बारेमा भनेकी थिइन् “सर्वहारा महिला पुरूषसँग हातमा हात मिलाएर पुँजीवादी समाज विरूद्ध लड्ने गर्छिन । वर्गसंघर्ष वा दैनिक जीवनमा रहौं ,दुबै पुरूष र महिला एका अर्काका लागि छन् ,अर्कोको सहयोग बिना एक्लै कसैले सफलता प्राप्त गर्न सक्दैन्”

(डाक्टर तोमास्ज पियरसिओनेको आलेखका आधारमा)