'गुनगुन' मा नीताको आइटम नृत्य 

'गुनगुन' मा नीताको आइटम नृत्य 

काठमाडौं, १३ कात्तिक । चलचित्र ‘गुनगुन’मा नायिका नीता ढुंगानाले आइटम नृत्य गरेकी छिन् । ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा नीताको हट आइटम रहेको छ । अमृत महरठ्ठाको शब्द तथा कल्याण सिंहको संगीतमा तयार भएको गीतमा बानिका प्रधानको आवाज छ । 

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई राजेश श्रेष्ठले खिचेका हुन् । चलचित्रको गीतमा ढुंगानाको साथमा चलचित्रका मुख्य कलाकारहरु सरोज खनाल, प्रितमराज सेन्चुरी र कविर खड्कालाई देख्न सकिन्छ । चलचित्रमा नायिका सारा सिर्पालीको पनि मुख्य भूमिका छ ।

महेश दवाडीको कथा रहेको यो चलचित्रमा कल्याण सिंह र अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफीछ ।