भारतको पिथौरागढमा तीन नेपालीको हत्या

भारतको पिथौरागढमा तीन नेपालीको हत्या
भारतको पिथौरागढमा तीन नेपालीको हत्या

कात्तिक, ११ । भारतको पिथौरागढमा तीन नेपालीको हत्या भएको खुलासा भएको छ। उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो।

पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका  २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताएका हुन्।

उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ, उनले भने।

उनीहरुले पिथौरगढको सिलौलमड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए। हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराले बताएका छन्। शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ।

बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा  उनी पनि उतै मजदूरी गर्दै आएका थिए। हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन।