काठमाडौंको जुवा खालबाट साढे दुई करोड रुपैयाँ सहित 'भिआइपी जुवाडे' पक्राउ

काठमाडौंको जुवा खालबाट साढे दुई करोड रुपैयाँ सहित 'भिआइपी जुवाडे' पक्राउ

काठमाडौं, १० कात्तिक । महाराजगञ्जको होटल साम्बालाको जुवा खालबाट दुई करोड रुपैयाँ सहिट भिआइपी जुवाडे पक्राउ परेका छन् ।

प्रहरीले आइतबार बिहान करिब २ बजेतिर छापा मारेर सो परिणामको रकमसहित जुवाडे पक्राउ गरेको हो । सो स्थान सामान्य जुवाको खाल मात्र नभई मिनी क्यासिनो नै रहेको महाराजगञ्ज प्रहरीको भनाई छ ।  । उच्च व्यापारिक घराना र प्रतिष्ठित भनिएका व्यक्तिहरु पनि लाखौं रकम दाउमा राखेर जुवा खेलिरहेको अवस्थामा फेला परेका छन् ।

जुवाको खाल काठमाडौं महानगरपालिका ३ पिपलमार्गस्थित विक्रम गौतमको घरमा चलिरहेको थियो । गौतमले क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित २४ जनालाई कोठामा राखेर जुवा खेलाइरहेका थिए 

प्रहरीले दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाखको चेक एक थान, ३२ थान कौडा, ४ बुक तास बरामद गरेको छ । खालबाट बरामद भएको रकम गन्न आफुहरुलाई तीन घण्टा लागेको एक प्रहरीले बताए ।

उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाउन थप अनुसन्धान भइरहेको जनाइएको छ । 

यी हुन् जुवाखालबाट पक्राउ पर्नेहरुः 

काठमाडौं महानगरपालिका २ भाङ्गीका बुद्ध लामा, काठमाडौं महानगरपालिका १५ का मुक्ती लामा, काठमाडौं महानगरपालिका ९ का पवन अग्रवाल, काठमाडौं महानगरपालिका ६ का सुमन अग्रवाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ का कृष्ण भण्डारी, काठमाडौं महानगरपालिका(२९ का राम तामाङ्ग, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ११ का सिताराम खड्का, काठमाडौं महानगरपालिका(२६ का अशोक श्रेष्ठ, काठमाडौं महानगरपालिका – ३५ का श्यामप्रसाद पराजुली, काठमाडौं महानगरपालिका १५ स्वयम्भु का रञ्जन राजबंशी, काठमाडौं महानगरपालिका ३ का विक्रम गौतम (मिनी क्यासिनो सञ्चालक घरधनी, काभ्रेपलान्चोक पनौती नगरपालिका ५ का प्रदीप बोगटी, काभ्रेपलान्चोक तिमाल गाउँपालिका ६ का नवाङ्ग लामा, काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका ९ का धावा लामा, काभ्रेपलान्चोक बाल्टिङ गाउँपालिका ४ का बलराम सापकोटा (बले), काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका ११ का रोशन तामाङ, दोलखा भीमेश्वर नगरपालिका ५ का राम कृष्ण के.सी., दोलखा भीमेश्वर नगरपालिका ५ बस्ने ईन्द्र श्रेष्ठ, ललितपुरको गोदावरीका प्रेम थापा मगर, ललितपुर पुल्चोकका सोहेल कार्की, ओखलढुङ्गाको पाप्ले ३ का सुमन गुरुङ्ग, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ३ का शोवित सिलवाल, रामेछापको बागमती भण्डारी नगरपालिका ३ का पवित्रकुमार कार्की, बाराको निजगढ नगरपालिका ९ का शम्भु बुढाथोकी, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का शम्भु शेर्पा