होस गर्नुस, खानामा चर्को नून खाँदा सिकाइ क्षमता कमजोर होला

होस गर्नुस, खानामा चर्को नून खाँदा सिकाइ क्षमता कमजोर होला

काठमाडौ । खानामा चर्को नून खाँदा सिकाइ क्षमता कमजोर हुने र मानसिक रोग हुन सक्ने  अध्ययनबाट देखिएको छ ।

खानामा बढी नून खाँदा यसले प्रोटिन टउको स्तरलाई असन्तुलित बनाउँछ र सिकाइ क्षमतामा ह्रास आउँछ ।तउ प्रोटिनको अत्यधिक मात्रा मानसिक रोग डामेन्सिया निम्त्याउँछ ।

न्यूयोर्कस्थित वेइल कोरनेल मेडिसिनको  फेइल फ्यामिली ब्रेन एन्ड माइन्ड रिसर्च इन्स्टिच्युटका न्युरोसाइन्सका अनुसन्धानकर्ता सह प्राध्यापक डा गिउसेपी फाराकोको टोलीले यो अध्ययन प्रतिवेदन तयार गरेको हो  ।

यो अध्ययन नेचर न्यरोसाइन्स जरनलमा प्रकाशित गरिएको छ । अत्यधिक नूनको प्रयोगले सेरेब्रोभस्कुलरको क्रियाकलापलाई कमजोर बनाउँछ साथै यसले डाइमेन्सियाको जोखिम बढाउँछ ।

इन्टरलुकिन–१७(आएल–१७)को अणुले मगजका कोषहरूलाई नाइट्रिक अक्साइड उत्पादन गर्न रोक्छ । नाइट्रिक अक्साइडले रक्तवाहिनी नलीलाई फराकिलो बनाउन भूमिका खेल्छ ।

यसले गर्दा रक्तवाहिनी नलीमा रक्त राम्ररी प्रवाह हुन्छ । नाइट्रिक अक्साइडको पर्याप्त मात्राको अभावमा रक्तवाहिनी नलीमा हुने रगतको प्रवाहमा अवरोध सिर्जना हुन्छ ।

यसका अतिरिक्त अध्ययनबाट खानामा अत्यधिक नूनको सेवनले गर्दा तउ प्रोटिनको स्तरमा पनि असर गरेको पाइयो । तउ प्रोटिनको अत्यधिक मात्र अल्जाइमर जस्ता मानसिकरोगका कारण हुन् ।