विप्लव समूहका सल्यान जिल्ला सेक्रेटरी भद्र डाँगी ‘टाइगर’ पक्राउ

विप्लव समूहका सल्यान जिल्ला सेक्रेटरी भद्र डाँगी ‘टाइगर’ पक्राउ

सल्यान, ९ कात्तिक । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेकपाका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगी पक्राउ परेका छन् ।

बागचौर नगरपालिका–२ घर भएका जिल्ला सदस्य भद्र डाँगी ‘टाइगर’लाई प्रहरीले शनिबार बिहान गिरफ्तार गरेको हो । घरमा सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको उनको परिवारले जनाएको छ । गिरफ्तारीमा परेका उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको
सल्यान प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए ।

बम विस्फोट, हातहतियार र आगजनीको मुद्धामा डाँगीलाई गिरफ्तार गरिएको र अनुसन्धान भैरहेको उनले बताए ।

प्रतिबन्धपछि सल्यानमा नेकपाका दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तारीमा परेका छन् । गिरफ्तारीमा परेका ती सबै अदालतको आदेश र प्रशासनको धरौटीमा रिहा भैसकेका छन् ।