धनतेरसको दिन सुनपसल गुलजार, तिहारको माहौलले ढप्पकै ढाक्यो

धनतेरसको दिन सुनपसल गुलजार, तिहारको माहौलले ढप्पकै ढाक्यो

असार महिनादेखि सुसुप्त अवस्थामा रहेको सुनपसलमा धनतेसरको आगमनसँगै गुलजार देखिएका छन् । असारदेखि नै नेपाली बजारमा सुनको मुल्य बढ्न थालेको थियो भने सुनको भाउ बृद्धि भएसँगै सुन पसलहरुमा यसअघि खाली देखिन्थ्यो । तर तिहारको माहौलले ढपक्क छोपेपछि भने सुनपसलहरु भिडभाड देखिएका छन् । आज सुन प्रतितोला ७१ हजार र चाँदीको ८ सय ६० मा कारोबार भईरहेको छ । भाउ सस्तो नभएपनि धनसम्पत्ती  (सुन/चाँदी गरहगहना) जोड्दा लक्ष्मी खुसी हुने विश्वास रहेको वटुको सुन पसलमा भेटिएकी एक ग्राहकले बताइन् ।  

सुनपसलहरुमा आज भिडभाड देखिनुमा धनतेरसको दिनमा धनसम्पत्ती जोड्दा अझै धनबान् भईने विश्वास रहेकाले यसदिन थोरै भनेपनि लक्ष्मीलाई चढाउन सुन तथा चाँदिका गरगहना एवं धातुका भाँडाकुँडा किन्ने चलन छ । आजैका दिन सत्ययुगमा देव दानव मिलेर समुन्द्र मन्थन गर्दा धनन्वतरीले अमृत लिएर प्रकट भएको विस्वास गरिन्छ । यसरी प्रकट भएको अमृत सेवन गर्न सवैले धातुको भाडाँ लिएर उपस्थित हुनुपर्ने भएकोले आज धातुको भाँडाको समेत उच्च कारोबार हुन्छ । 

यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि काग तिहार भने शनिबार मनाइँदै छ ।

त्रयोदशी तिथिको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले बताए ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने चलन छ । कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ ।

यसैगरी लक्ष्मीस्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार बेलुकी नै मनाइँदै छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।