उद्योग मन्त्री मातृका यादवद्वारा 'जन गुनासो' मोवाइल एप्स प्रारम्भ

उद्योग मन्त्री मातृका यादवद्वारा 'जन गुनासो' मोवाइल एप्स  प्रारम्भ

काठमाडौं, ८ कात्तिक । उद्योग मन्त्री मातृका यादवले उपभोक्ताहरुको गुनासो सुन्ने मोवाइल एप्लिकेशन्स कार्यान्वयनको प्रारम्भ गरेका छन् । 

शुक्रबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा आयोजित एक कार्यक्रमबीच मन्त्री यादवले उपभोक्तालाई आफ्नो अधिकार संरक्षणका लागि जागरुक बनाउ एप्स सहयोगी हुने बताए । 
प्ले स्टोरमा उलब्ध एप्सको नाम जन गुनासो (Jana Gunaso) रहेको छ । एप्स छठ पछि पूर्ण रुपमा सञ्चालनमा आउने जनाइएको छ ।

यस मोवाइल एप्सले विभागलाई उपभोक्ताको अधिकार संरक्षणको कार्यमा सक्रिय, पारदर्शी र जिम्मेवार बनाउने जनाइएको छ । त्यसैगरी व्यबसायीलाई उपभोक्तामुखी बन्न तथा बजारलाई स्वच्छ र पारदर्शी पार्न एप्स सहयोगि हुने विभागले जनाएको छ  । त्यसैगरी उपभोक्ता गुनासो एप्सको कार्यान्वयनले गर्दा उपभोक्ता गुनासो संख्या बढ्ने र सोही अनुसारको कारबाहीको लागि विभाग थप सक्रिय बन्ने कारणले व्यवसायीहरुको ब्यवसायिक क्रियाकलाप तथा बजार क्रमशः स्वच्छ र उपभोक्तमुखी बन्दै जाने कार्यमा सहयोगी हुने जनाइएको छ ।