बैतडीमा डोजर आतंकः डोजरले च्यापेर एक जनाको मृत्यु

बैतडीमा डोजर आतंकः डोजरले च्यापेर एक जनाको मृत्यु

बैतडी, ७ कात्तिक । बैतडीमा विहिबार बिहानै सडक खन्न गएको डोजरले च्यापेर एक जनाको ज्यान गएको छ ।

बैतडीको मेलौली नगरपालिका वडा नम्बर ५ मा सडक खन्न गएको स्काभेटर मुनी च्यापिर स्थानीय शुक्रसिंह पुजाराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मेलौली नगरपालिका वडा नम्बर ६ लामालेकदेखि वडा नम्बर ५ पेल्यासम्मको सडक खन्न गएको (एस के २२० केडिएन) नम्बरको स्काभेटर फर्किने क्रममा सो स्काभेटरमा चढेका शुक्रसिंह पुजारा खसेर च्यापिएको बताईको छ ।

स्काभेटर चालक दशरथ चन्द नगरपालिका वडा नम्म्बर २ देहिमाण्डौं बस्ने शेरीराम बोहराले चलाएको प्रहरीले जानकारी दिएको छ । स्काभेटर चालकको खोजी गर्न ईलाका प्रहरी कार्यालय मेलौलीबाट सात जना प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

चार दिन अघि सोमबार बैतडीको दशरथ चन्द नगरपालिकामा वडा नम्बर ९ ग्वाल्लेकमा सडक खन्न गएको डोजरले स्थानीय गौरा जोशीलाई हुत्याएर घाईते बनाएको घटना सेलाउन नपाउँदै बिहिबार मेलौलीमा पनि सडक खन्न गएको स्काभेटरले स्थानी शुक्रसिंह पुजारोको ज्यान गएपछि बैतडीमा डोजर आतङ्क मच्चिएको स्थानीले बताएका छन् ।