क्वान्टम कम्प्युटर घन्टामा अहिलेको भन्दा १लाख असी हजार वर्ष बढी छरितो हुने 

क्वान्टम कम्प्युटर घन्टामा अहिलेको भन्दा १लाख असी हजार वर्ष बढी छरितो हुने 

काठमाडौ । वैज्ञानिकहरूले कम्प्युटिङ इतिहासको बाटो परिवर्तन गर्न सकिने गरी इतिहासको क्रमभंगको रूपमा  ‘क्वान्टम सुपरम्यासी’ प्राप्त गरेको दाबी गरेका छन् ।

गुगलका अनुसन्धानकर्ताहरूले आफूहरूले यो कोशेढुङ्गा साबित हुने क्वान्टम कम्प्युटरमा क्रमभंग गरेको दाबी गरेका हुन् ।

क्वान्टम कम्प्युटरले गर्न सक्ने परम्परागत कम्प्युटरले गर्न नसक्ने उनीहरूको भनाइ छ ।

दुनियाँ बदल्न क्वान्टम सुपरम्यासी यो क्षेत्रमा पहिलो पाइलो भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

सैद्धान्तिकरूपमा हामीले आज प्रयोग गरिरहेको कम्प्युटर भन्दा धेरै तीव्र गतिमा क्वान्टम कम्प्युटरले काम गर्न सक्ने बुझाइ छ ।  

आइबीएमका अनुसन्धानकर्ताहरूले गुगलको यो क्रमभंगको दाबीको आलोचना गरेका छन् ।

यो नयाँ भनिएको खोज भने जतिको गम्भीर प्रकृतिको नभएको उनीहरूले जनाएका छन् ।

तर नयाँ अनुसन्धान अन्ततः नेचर जरनलमा प्रकाशित भइसकेको छ र यो क्रमभंग भएको जनाउँछ ।

गुगलका अनुसन्धानकर्ताहरूले आफ्नो कम्प्युटरलाई ‘सिकामोर’(एसवाइसीएएमओआरइ) नाम दिएका छन् ।

यो कम्प्युटरले २०० सेकेन्ड भित्र गर्ने काम परम्परागत कम्प्युटर प्रणालीले त्यो काम गर्न १० हजार वर्ष लगाउँछ ।

अनुसन्धान प्रतिवेदन लेख्ने लेखक भन्छन् –“सबै बुझे अनुसारको परम्परागत लघुकण(क्लासिकल अल्गोरिदम)को तुलनामा विशेष कार्यको कम्प्युटर कार्य गराउन क्वान्टम सुपरम्यासीको प्रयोगिक अनुभवले यसलाई एक  नाटकीयरूपको गति बृद्धि गराएको छ ।”

गुगलका अनुसन्धानकर्ताहरूले यो प्रणालीका परीक्षणका लागि उपयोग गरिएको कार्यहरूको ठूलो हिस्सा अहिले अनुपयोगी रहेका छन् ।

यसको मुख्य कार्य भनेको  अराजक संख्याहरूको उत्पादन रहेको छ ।

तर यस किसिमको कुनै कार्य पहिलो पटक सफलता पूर्वक गरिएको छ र छिट्टै यसबाटब अझ बढी व्यवहारिक कार्यहरू गर्न बनाइने अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । 

“यी विकासहरूको परिणाम स्वरूप, क्वान्टम कम्प्युटिङले कम्प्युटरले गर्नेकामको नयाँ क्षमताहरूको ढोका खोल्ने प्रविधिहरूको विषयमा रूपान्तरण गरिरहेको छ । ” 

गुगलले विभिन्न क्षेत्रका विविध कार्यहरूलाई गर्न सक्ने एक नयाँ प्रणालीको विकास गर्ने विश्वास व्यक्त गरेको छ ।

“यो डिभाइसले धेरै मूल्यवान चुनौतीपूर्ण कार्य गर्नेछ । क्वान्टम कम्प्युटिङले कार र विमानको लागि हलुका वजनका ब्याट्री बनाउन ,बढी प्रभावशाली मलखाद उत्पादन गर्न सक्ने नयाँ उत्प्रेरकहरू उत्पादन गर्न र अझ बढी प्रभावशाली औषधिहरूको उत्पादन गर्न सहयोग गर्ने छ ।”

यस किसिमको आवश्यक कम्प्युटर क्षमता प्राप्त गर्न अझ केही वर्षको अनुसन्धानको खाँचो रहेको र यो बाटोमा हिँडने गुगलले जनाएको छ ।

आइबीएमले यो विषयमा गुगलले कठिन काम गर्ने विषयमा बढी अनुमान लगाएको भनी आलोचना गरेको छ । परम्परागत कम्प्युटरको तुलनामा यो कम्प्युटर करिब २.५ दिन बढी मात्र हुने जनाएको छ ।

२०० सेकेन्ड भनेका १ घन्टामा १८ पटक हुन्छ । एक पटकमा १० हजार वर्ष हुँदा १ घन्टामा १लाख असी हजार वर्ष हुन्छ ।