कसले भन्यो –चीनले भारतसँग छापामार युद्ध गरिरहेको छ” 

कसले भन्यो –चीनले भारतसँग छापामार युद्ध गरिरहेको छ” 

काठमाडौ । चीन–भारत सम्बन्ध अमेरिका–भारत सम्बन्ध भन्दा धेरै राम्रो भएको एक भारतीय नेताको भनाइको जवाफमा एक अमेरिकी पूर्व विदेशमन्त्रीले चीनले भारतसँग छापामार युद्ध गरिरहेको टिप्पणी गरेको पाइएको छ ।

अमेरिका भारत रणनीतिक साझेदारी मञ्चको कार्यक्रमा बोल्दै सत्ताधारी भारतीय जनता पार्टीका महासचिव राम माधवले अमेरिकासँग भारतको सम्बन्ध भन्दा चीनसँगको सम्बन्ध राम्रो भएको बताए ।

चीन भारतको निकटतम छिमेकी देश भएको र दुई देशबीचको सम्बन्ध राम्ररी अगाडि बढी रहेको बताउँदै महासचिव माधवले भने “ चीन भारतको सम्बन्ध अमेरिका भारत भन्दा धेरै राम्रो छ ।”

सोही कार्यक्रमा उपस्थिति अमेरिकाकी पूर्व विदेश मन्त्री कोन्डोलिजा राइसले टिप्पणी गर्दै भनिन् “ चीनले भारतसँग गुरिल्ला युद्ध गरिरहेको छ ।”

राइसले भारतलाई अझ कतिपय प्रणालीसँग जोडिनुपर्ने आवश्यकता रहेको बताइन् ।

भारतका सबै क्षेत्रमा हुनुपर्ने विकासका लागि निजी क्षेत्रसँग जोडिनुपर्ने आवश्यकता रहेको बताउँदै राइसले भनिन् “ अमेरिकी अर्थव्यवस्थाले सार्वजनिक–निजी साझेदारी (पीपीपी)लाई उपयोग गरिरहेको विषयमा भारतले अध्ययन गर्नुपर्ने आवश्यकता रहेको छ । विकासको आधारभूत ढाँचालाई विकसित र बलियो पारेको विषय भारतका लागि पाठ हुनेछ । ”

कार्यक्रममा महासचिव माधवले भारत अमेरिकाबीच व्यापार साझेदारीको महत्वाकांक्षी लक्ष्य भएपनि भारत अमेरिकाको डम्पिंग बजार नभएको स्पस्ट पारे । भारतले वैश्विक र क्षेत्रीय दबाबबाट परका साझेदारीहरूलाई ध्यान दिनुपर्ने आवश्यकता उनले औंल्याए ।