गणेश थापा भन्छन्, 'मृत्युपछि मेरो मृत शरिर एन्फा परिसरमा नराखियोस्' 

गणेश थापा भन्छन्, 'मृत्युपछि मेरो मृत शरिर एन्फा परिसरमा नराखियोस्' 

काठमाडौं ।  भ्रटाचारको मुद्धामा खख्तियारको छानबिनमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पुर्व अध्यक्ष गणेश थापाले आत्मकथा लेख्ने भएका छन् । ‘गणेश थापा’ नामक पुस्तक प्रकाशन गरेर आफुले जीवनमा गरेका र भोगेका सबै यथार्थहरुलाई उतार्ने थापाको योजना छ । आफुले लेख्ने पुस्तकको आवरण सार्वजनीक गर्दै थापाले आत्मकथा आगामि फागुनमा प्रकाशित हुने प्रारम्भिक तयारी गरेका छन्। पुस्तकको सहलेखन पत्रकार हिमेशरत्न बज्राचार्यले गर्नेछन् ।

थापाले यस पुस्तकमा नेपाली फुटबलको बिकासक्रममका साथै आफुले पाएको सफलता, चर्चा र विवादलाई समेट्ने बताएका छन् । पत्रकारमाझ थापाले भने ‘३५ वर्ष नेपाली फुटबलमा बिताएको छु । एकपक्षीय कुराबाट मैले मेरो कुरा राख्ने कुनै मौका नै पाइन । कसैलाई दोष दिने भन्दापनि सत्यतथ्य आउनुपर्दछ । यो ५ वर्षको अवधिमा त्यही पीडालाई पोख्ने प्रयास गरेको छु,’ थापाले भने, ‘जिउँदोमा एकदम खराव मान्छे भनिरहँदा मेरो मृत्युपछि गणेश थापा राम्रो मान्छे भनेर रंगशला वा एन्फा परिसरमा नराखियोस् । मेरो आत्माले शान्ति पाउने छैन । मृत्युपछि यसरी नजोडी दिनुहोला ।’

थापाले आफुसँग जोडिएका चर्चित काण्डहरु भष्ट्राचार गरेको अभियोगमा लेखा समितिले गरेको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धानआयोगको निर्णय, फुटबलको सर्वाच्च निकाय फिफाको निर्णय, एएफीका तत्कालिन अध्यक्ष मोहममद विन हमामसँगको सम्बन्धको विषय समेटिएको उल्लेख गरेका छन् ।

उनले पुस्तक आत्मश्लाघाको पुलिन्दा नहोस् भनेर नै सकेजति इमान्दार र सत्यको नजिक रहेर लेख्ने प्रया रहेको र राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्दै नेपाललाई दलाएको सफलताको रोचक गाथाहरु पनि समेट्ने प्रयास रहेको बताएका छन् ।

कतिपय अवस्थामा म कसैसँग नराम्रो भए होलान् । तर, सत्य तथ्य कुरा बाहि आउनैपर्छ । नत्र मैले फुटबलमा समर्पण गरेको मेरो उर्जाशील समयको अवमुल्यन हुने ठानेर नै आत्मकथा लेख्ने प्रयास गरेको हुँ, ’ थापाले भने, ‘तर, यो मेरो सफाईको लागि नभई सत्यतथ्य उजागर गर्न र जनमानसम्म पुर्याउन यो आत्मकथा लेख्ने प्रयास गरिएको हो ।’ आत्मकथामा विगतको नेपाली फुटबल र वर्तमानो नेपाली फुटबललाई पनि समेट्ने प्रयास गरिएको थापाले बताए ।