संबिधानको बिरोधमा ‘ब्ल्याक आउट’ गर्ने राजपाको दोहोरो चरित्र

संबिधानको बिरोधमा ‘ब्ल्याक आउट’ गर्ने राजपाको दोहोरो चरित्र

जनकपुर, ४ कार्तिक । असोज ३ अर्थात संबिधान दिवस देशभरी भव्यरुपमा मनाईरहदाँ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संबिधानको बिरोधमा त्यो दिन कालो दिवस मनाउने गर्छन् । संबिधान दिवसका दिन मधेशमा मशाल जुलुशदेखि ब्ल्याक आउ समेत गर्ने यही राजपा नेपाल भने यतिबेला त्यही संबिधान अनुसार आगामि मंसीर १४ गते हुन लागेको उपनिर्वाचनको तयारी गरिरहेको छ ।

राजपा नेपालले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा खाली रहेका सबै निर्वाचन क्षेत्र र स्थानीय तहमाउम्मेदवारी दिने तयारी स्वरुप उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक १५ गतेभित्र केन्द्रमा पठाउन जिल्ला तहलाई निर्देशन समेत दिईसकेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको विभिन्न पदको लागि हुने निर्वाचन प्रयोजनका लागि आ–आफनो जिल्लामा प्रत्येक पदका लागि तीन तीन सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिएको हो ।

‘सबै सदस्यलाई अनिवार्य रुपमा बैठकको जानकारी गराई, बैठक बसी, बैठकबाट छनोट गरी उम्मेदवारको नामावली २०७६ कात्तिक १३ गते पाँच बजेसम्म अनिवार्य रुपमा राजपा नेपाल केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा पठाउन निर्देशन गरिन्छ’ ठाकुरद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

राजपाका महासचिव मनिष सुमनले उपनिर्वाचनलाई लक्षित गरि पार्टीले उम्मेदवार तय गर्न जिल्ला जिल्लामा छलफल र बैठकहरु जारी रहेको र उपनिर्वाचन हुने प्रदेश १, २, ५ र ७ का सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा उम्मेदवारी दिने तयारी भईरहेको बताए ।

यसरी एकातिर संबिधानको बिरोधमा मधेशमा ब्लाकआउट गर्ने राजपाले अर्काेतिर त्यही संबिधान अनुसार हुने निर्वाचनमा सहभागि हुने कुरा कुनै नौलो भने होईन् । संबिधान संशोधनको रटान गर्दै पटक पटक आन्दोलन गर्ने घुर्की लगाउँदै आएको राजपाले अरु बेला चुप लाग्ने र निर्वाचनको बेला त्यसलाई मसलाको रुपमा प्रयोग गरि चुनाबमा जाने गरेको छ ।

राजापको यो दोहरो चरित्र अब जनताले राम्ररी बुझिसकेकाले सोही रणनीति अनुरुप अघि बढीरहेका मतदाताहरुले अगामी दिनमा उनीहरुलाई पाठ सिकाउने राजनीतिक बिश्लेषकहरुको भनाई छ ।
मुलुक विकास र सम्बृद्धिको पथमा अघि बढीरहेका बेला राजपासँग अन्य कुनै राजनीतिक एजेण्डा नभएकाले पनि संबिधान संशोधनको मुद्दालाई मुख्य हतियार बनाएर राजनीति गरिरहेको राजनीतिक पण्डितहरुको व्याख्या छ ।