कुकुर पाल्न लाइसेन्स !

कुकुर पाल्न लाइसेन्स !

भारत । यदी तपाई कुकुर पालनको सौखिन हुनुहुन्छ भने अब लाइसेन्स आवश्यक पर्ने भएको छ। चिन्तित नहुनुस्, यो नियम नेपालको नभएर भारतको युपीस्थित गाजियावादको हो। 

गाजियावादका घरपरिवार जसले कुकुर पाल्न चाहन्छन् उनीहरुले अब नगर निगममा पाँच हजार भारतीय रुपैयाँ जम्मा गरेर लाइसेन्स लिनुपर्ने छ। लाइसेन्सविना उक्त क्षेत्रमा कुकुर पाल्न निषेध गरिएको छ।

यति मात्रै होइन, तपाइँले लाइसेन्स त लिनुभएको छ तर, तपाइँको कुकुरले सडक या पार्कमा दिशापिसाब गरे पाँच सय भारतीय रुपैयाँ जरिवानासमेत दिनु पर्ने छ। छाडा कुकुरको संख्या बढ्दै गएपछि र वाहिरी वातावरणमासमेत दुर्गन्ध फैलन थालेपछि उक्त क्षेत्रमा यस्तो नियम ल्याइएको गाजियावादका अधिकारीले बताएका छन्।