कांग्रेस सांसद आलमलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश

कांग्रेस सांसद आलमलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश

रौतहट, ३ कात्तिक, । कांग्रेसका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलमलाई थप ५ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो ।

आलम बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका हुन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले  असोज २६ मा पक्राउ गरेको हो । 

पहिलोपटक जिल्ला अदालतमा उपस्थित हुँदा उनले वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन मानेका थिएनन् भने दोस्रो पटक अस्वस्थ भएको भन्दै उनले बयान दिएका थिएनन् ।