सबै भन्दा लामो व्यापारिक उडानको परीक्षण 

सबै भन्दा लामो व्यापारिक उडानको परीक्षण 

काठमाडौ । अस्ट्रेलियाको ध्वजावाहक विमान सेवा कान्टासले विश्वको सबैभन्दा लामो व्यापारिक उडानको सफल परीक्षण गरेको छ ।

न्यूयोर्कबाट सिडनीसम्मको ननस्टप उडान पूरा गरिएको हो । यो २० घन्टा लामो यात्राको उडान रहयो ।

५० यात्रु र हवाइ जहाजका कर्मचारीहरूलाई लिएर उडान भरेको कान्टास ७८७९ उडानले १६ हजार २सय किलोमिटरको यात्रा पूरा गरी आइतबार सिडनी पुग्यो । यो यात्रा १९ घन्टा १६ मिनेटको थियो ।

कान्टासका प्रमुख कार्यकारी एलन जोसले यो वास्तवमै एक एतिहासिक समय बितेको बताए ।

विश्वव्यापीरूपमा हवाइ यात्रुको संख्या वर्सेनी बढदै गएको छ ।

यो वर्ष ४६ लाख हवाइ यात्रु सन् २०३७सम्म ८२ लाख पुग्ने अनुमान अन्तर्राष्ट्रिय हवाइ यातायात संघको रहेको छ ।