नोबेल पुरस्कारको राजनीतिकरण  पश्चिमाहरूले यसरी गर्छन्

नोबेल पुरस्कारको राजनीतिकरण  पश्चिमाहरूले यसरी गर्छन्

काठमाडौ । पश्चिमाहरूले नोबेल पुरस्कारको राजनीतिकरण गरिरहेको आरोप लगाइएको छ ।

‘वेस्ट इज पोलिटिसाइजिङ नोबेल पीस प्राइज’ शीर्षकमा एक समाचार ग्लोबल टाइम्सले सार्वजनिक गरेको छ ।

नर्वेली सांसद गुरी मेल्बीले ट्विटमा लेखेकी छिन् – अभिव्यक्ति स्वतन्त्रता र आधारभूत लोकतन्त्रका लागि हरेक दिन उभिएर जीवन जोखिममा हाल्ने हङकङका मानिसहरूको मनोनयन  सन् २०२०को नोबेल पीस प्राइजका लागि गरेको र आफ्नो या कदमले आन्दोलनलाई थप उत्साह पुग्ने विश्वास लिएकी छु ।” साथै उनले हङकङमा अहिंसाको बाटो लिएर आन्दोलन जारी राख्न आग्रह पनि गरेकी छिन् ।

हङकङका जनता भनेर कसलाई भनिएको छ । हिंसाको विरोधमा रहेका अधिकांश हङकङे जनता वा सानो दंगा फैलाउने समूह  को बारे मेल्बी र धेरै पश्चिमाहरूले कहिल्यै स्पस्ट नपारेको समाचारमा भनिएको छ ।

नोबेल शान्ति पुरस्कार तिनलाई दिइने पुरस्कार हो –देशहरूबीचको भातृत्व,लडाइका लागि तत्पर सेनाको विघटन वा ह्रास र शान्ति सम्मेलनको आयोज र प्रवद्र्धन गर्न गरिएका सर्वोत्तम कार्य गर्नेलाई दिइने पुरस्कार हो ।”

यो कुरो मेल्बी र उनका समर्थकहरूले बुझ्नुपर्ने विषय हो । चार महिना अघिसम्म हङकङमा सबै ठीकठाक थियो । बजार अर्थतन्त्र फैलिएको थियो र चीनको मुख्यभूमिसँगको हङकङको राम्रो सम्बन्ध थियो ।

मेल्बीले  यो मनोनयन गर्न दुई दिन अघि मात्र १९ वर्षे एक माध्यमिक विद्यालयका एक विद्यार्थीले हङकङका एक प्रहरी अधिकारीको घाँटीमा छुरा रोपे र सडकमा विरोध प्रदर्शन भयो ।

मेल्बीले यस्तै व्यक्तिका लागि नोबेल शान्ति पुरस्कार दिन मनोनयन गरेकी छिन् र भनी प्रश्न तेस्र्याइएको छ ।

यसै गरी सन् २०१८मा अमेरिकी सांसदहरूकाो समूहले प्रो डेमोक्रेसी अम्ब्रेला मुभमेन्टलाई नोबेल शान्ति पुरस्कार दिन मनोनयन गरेको थियो ।

पश्चिमाहरूको यो पुरानो ट्रिक भएको भनिएको छ । पश्चिमाहरूले नोबेल शान्ति पुरस्कारलाई बदनाम गराउने काम रोक्नुपर्ने आग्रह गरिएको छ ।