बुद्ध एयरको काउण्टर तोडफोड गर्ने सांसद साह रिहा

बुद्ध एयरको काउण्टर तोडफोड गर्ने सांसद साह रिहा

जनकपुर, १ कार्तिक । जनकपुरस्थित बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै पक्राउ परेका राजपा नेपालका सांसद प्रमोद साह आज साधारण तारेखमा रिहा भएको छ । 
जिल्ला अदालत धनुषाका न्यायाधिश तेजप्रसाद पौडेलको इजलाशले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । 

बुद्ध एयरको विमान आउन ढिलो भएको भन्दै गत सोमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा सांसद साहले तोडफोड गरेका थिए ।

नागरिक उड्यन प्राधिकरणले सांसद साहमाथि गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले मंगलवार काठमाण्डौबाट सांसद साहलाई पक्राउ गरि जनकपुर ल्याएको थियो । 
सांसद साहलाई छुटाउन राजपाले जकपुरसहित प्रदेश २ का बिभिन्न जिल्लामा बिरोध प्रदर्शन गरेका थिए ।