एनआरएनए अध्यक्षमा कुमार पन्त निर्वाचित

एनआरएनए अध्यक्षमा कुमार पन्त निर्वाचित

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।

बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै पन्त विजयी बनेका हुन् ।
पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत् छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष भएका थिए ।

उपाध्यक्षका लागि भएको निर्वाचनमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् ।

महासचिवमा डा. हेमराज शर्माले जितेका छन् ।भने सचिवमा गौरी जोशी, र आरके शर्मा विजयी भए । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः महेश श्रेष्ठ र लोक दाहाल चयन भएका छन् ।