प्रधानमन्त्री ओलीले देखेको सपनामा चिनियाँ राष्ट्रपति सीको बलियो समर्थनः मन्त्री बास्कोटा

प्रधानमन्त्री ओलीले देखेको सपनामा चिनियाँ राष्ट्रपति सीको बलियो समर्थनः मन्त्री बास्कोटा

काठमाण्डौ, ३० असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपनामा चिनियाँ राष्ट्रपति सीको बलियो साथ र समर्थन पाएको बताएका छन् ।

मन्त्री बाँस्कोटाले नेपाललाई भूपरिवेष्ठितबाट भूजडित राष्ट्र बनाउने प्रधानमन्त्री ओलीले बारम्बार देखेको सपनामा बलियो साथ र समर्थन हुनेगरी चिनियाँ राष्ट्रपति सीले नेपाली जनतासमक्ष सार्वजनिक अभिव्यक्ति दिएका बताए ।

बिहीबार सिंहरदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने ‘अब नेपाल हवाई, समुन्द्र, यातायात, सञ्चार, रेल सेवालगायतका आधुनिक विकासका मानकहरुमा चीनसँगै अघि बढने सम्भावनाको ढोका चिनियाँ राष्ट्रपतिको भ्रमणबाट खुलेको छ ।’

मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रुपमै सफल भएको बताउँदै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको उपलब्धिलाई मूल्यमा मापन गर्न नसकिने उल्लेख गरे ।