विवाह गराईदिन्छु भन्दै बालिका बेच्न खोज्ने पक्राउ

विवाह गराईदिन्छु भन्दै बालिका बेच्न खोज्ने पक्राउ

कैलाली, ३० असोज । कैलालीको चुरे गाउँपालिको सहजपुरबाट बालिका बेच्न खोज्ने ३ जना पक्राउ परेका छन् । राम्रो घरमा विहे गरिदिन्छु भन्दै बालिका बेच्न खोज्ने एक स्वयंसेविकासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए । 

ईन्पेक्टर विश्वकर्माको नेतृत्वमा खटिएको टोलिले चुरे ६ गजारकी स्वयंसेविका कलावती बोहरा (कल्पना), शिखर नगरपालिका– ३ डोटीका पदम र डम्मरी ताम्राकारलाई मंगलबार पक्राउ गरेको हो ।

बालिका तस्कर स्वयंसेविकाले चुरे ६ गजारबाट १२ र १३ वर्षीया बालिकालाई राम्रो घरमा विहे गरिदिने भन्दै ललाई फकाई बेच्न खोजिरहेको बेलामा प्रहरीको टोलि सो स्थानमा पगेको थियो । 

स्वयंसेविका कल्पना लामो समयदेखि यस्तै क्रियाकलापमा संलग्न रहेको ईन्सपेक्टर विश्वकर्माको भनाई छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।