विप्लव समूहको राप्ती ब्यूरो बैठक स्थलमा घेरा हालि २१ जना नेता पक्राउ

विप्लव समूहको राप्ती ब्यूरो बैठक स्थलमा घेरा हालि २१ जना नेता पक्राउ

दाङ, ३० असोज । सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहको राप्ती ब्यूरो बैठक स्थलमा घेरा हालि प्रहरीले २१ जना नेता पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोरको कमाण्डमा खटिएको प्रहरी टोलीले ६ जना केन्द्रीय सदस्यसहित २१ जना केन्द्र तहका नेता पक्राउ गरेको हो ।

प्रहरीले नेकपा राप्ती ब्युरोको बैठक स्थलबाट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा ‘सुभास’ सहित कैयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

दुई केन्द्रीय सदस्यसँगै नेकपा निकट युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जङ्गली, नेकपा सल्यान जिल्ला इन्चार्ज डिल्लीराज शर्मा ‘विश्व’, राप्ती ब्युरो सदस्य तिलक पुन, विक्रमलगायत नेता–कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पार्टीको राप्ती ब्युरोको बैठक बसिरहेको बेला दाङको राजपुरबाट उनीहरूलाई गिरफ्तार गरिएको स्रोतले जनाएको छ ।

बैठकमा नेकपा राप्ती ब्युरोका पाँचै जिल्ला सेक्रेटरी, इन्चार्ज र अन्य नेता–कार्यकर्ताको पनि उपस्थिति रहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस् :

इण्डो प्यासिफिक र धार्मिक राजनीतिको भण्डाफोर गर्दै विप्लव नेकपाको आठौँ पूर्णँ बैठक सम्पन्न