पत्रकार महासंघको साधारण सभा : आफैलाई विघटन गर्दै पार्षदहरु

पत्रकार महासंघको साधारण सभा : आफैलाई विघटन गर्दै पार्षदहरु

फणीन्द्र फुयाल

काठमाडौं । ‘राष्ट्रिय समृद्धिका लागि सञ्चार, गुणात्मक व्यावसायिक र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ नेपाल पत्रकार महासंघ केन्द्रीय साधारण सभा तथा विधान अधिवेशन आजदेखि पोखरामा हुने भएको छ । यो अधिवेशन भोलि फागुन १० गतेसम्म चल्दैछ ।

पोखरामा देशभरका पार्षद (सभासद्) एक हजार तीन सय ५० को हाराहारीमा उपस्थित हुने महासंघको अनुमान छ । त्यसैगरी प्रत्येक जिल्ला शाखाका अध्यक्ष, प्रदेश, प्रतिष्ठान, एसोसियट, केन्द्रीय समितिका पदाधिकारी, पत्रकारिता क्षेत्रका विभिन्न पेशागत संगठनका अध्यक्ष तथा महासचिव, प्रेस काउन्सिल, सूचना तथा संचारमन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति हुने जनाइएको छ ।

दुई दिनसम्म चल्ने उक्त अधिवेशनमा मुलतः महासंघको विधान संशोधन गरी अध्यक्ष पदलाई प्रत्यक्ष निर्वाचित प्रणालीमा लैजानेतर्फ बहस हुने छ । यसअघि संसदीय प्रणाली जस्तै रहेको महासंघको यसअघिको विधान यसपटक संशोधन गरी नेपाल पत्रकार महासंघमा सदस्यता लिएका, देश विदेशमा छरिएर रहेका प्रत्येक सदस्यले मतदान गरेर अध्यक्ष छान्न पाउने र प्रत्येक सदस्य अध्यक्षका लागि निर्वाचित हुन पाउने अधिकार सम्पन्न विधान निर्माण गर्ने योजना रहेको महासंघले जनाएको छ । 

यसअघिको महासंघको पार्षद प्रणालीमा निकै विकृति देखिएका कारण यसको अन्त्य गर्दै पत्रकार महासंघमा गैर पत्रकारहरु हावी हुन नदिने र गैर पत्रकारलाई विस्तारै पत्रकारिताबाट पाखा लगाउदै संख्यात्मक भन्दा पनि गुणात्मक पत्रकार जन्माउने र पत्रकारितामा लागि रहेकाहरुलाई टिकाइराख्ने अभियानको रुपमा नेपाल पत्रकार महासङ्घले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने बताएको छ । 
 
अहिलेसम्म महासंघमा पार्षद (सभासद्) प्रणाली थियो । सभासद् हुनका लागि काठमाडौं उपत्यकाका हकमा प्रत्येक दश सदस्य बराबर एक पार्षद चयन गरिने प्रचलन थियो भने उपत्यका बाहिरका जिल्लामा भने प्रत्येक सात सदस्य बराबर एक पार्षद चयन हुन्थ्यो । सदस्य संख्या धेरै भएका काठमाडौं लगायतका केही जिल्लामा भने पार्षद चयन प्रक्रिया नै पारदर्शी नहुने यो प्रणालीको आलोचना गर्नेहरुले बताउँदै आएका छन् । पत्रकार महासङ्घका एक पदाधिकारीले पार्षद् प्रणाली हटाउनुको कारणबारे यसरी प्रस्ट्याए, ‘आफू पार्षद बन्नकै लागि फर्जी तथा गैर पत्रकारलाई सदस्यता दिलाउने गलत परिपाटी पत्रकार महासंघका जिल्ला शाखाहरुमा थियो । यसको अन्त्य गरेर महासंघको शुद्धीकरण चाहेका हौं ।’

महासंघका ती केन्द्रीय पदाधिकारीले भने जस्तै प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने वित्तिकै संगठनात्मक विकृतिको सजिलै अन्त्य हुँदैन । पार्षद् बनाउनका लागि पहिला बनाइएका सदस्य कायम नै राखिने अवस्थामा यो भन्दा धेरै ठूलो परिवर्तन हुने अपेक्षा गर्न कसरी सकिएला ? प्रदेशको नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइयो, विभिन्न दलसँग आबद्ध पत्रकार संगठनले जसजसलाई उठाए र नेतृत्वमा ल्याउन खोजे, त्यही नै आए । 

 

 

उनले जोड दिएर भने, ‘कतिसम्म भने आफू पार्षद बन्नकै लागि पत्रकारिता क्षेत्रबाट कोशौं टाढा आफ्ना श्रीमान्, श्रीमती, छोराछोरी, नातेदार आदिका नाममा समाचार प्रकाशित गरी सो कटिङ पेस गरेर गैरपत्रकार महासंघमा हावी भइरहेका थिए । त्यसैले यदि नेपाल पत्रकार महासंघको अध्यक्ष चयन प्रक्रिया प्रत्यक्ष निर्वाचित प्रणालीमार्फत भएको खण्डमा पार्षद सिस्टम खारेज हुने छ र कसैले पनि आफू पार्षद हुने बहानामा गैर पत्रकारलाई सदस्यता दिलाउने घृष्टता गर्ने छैनन् ।’

महासंघका ती केन्द्रीय पदाधिकारीले भने जस्तै प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने वित्तिकै संगठनात्मक विकृतिको सजिलै अन्त्य हुँदैन । पार्षद् बनाउनका लागि पहिला बनाइएका सदस्य कायम नै राखिने अवस्थामा यो भन्दा धेरै ठूलो परिवर्तन हुने अपेक्षा गर्न कसरी सकिएला ? प्रदेशको नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइयो, विभिन्न दलसँग आबद्ध पत्रकार संगठनले जसजसलाई उठाए र नेतृत्वमा ल्याउन खोजे, त्यही नै आए । 

प्रेस युनियनलाई आफूले पहिलेदेखि नै उठाएको र यसबाट पछि हट्दा मुद्धा चिप्लिने चिन्ता देखिन्छ । यसैले उसलाई अहिले नखाउ भने दिनभरको शिकार खाउँ भने कान्छा बाबुको अनुहार भएको छ । साधारणसभाको हलमा कुनै पनि वहानामा युनियन यो मुद्धाबाट पछि हट्न पनि सक्ने अनुमान एकथरिले गरेका छन् । 


सधैंभरि स्वतन्त्र, व्यावसायिक पत्रकारिताको बारेमा वकालत गर्ने पत्रकारहरु नै निर्वाचनका बेलामा आफूले निर्वाचन उठ्न पार्टी नेता र पार्टी निकट पत्रकार संगठनका पदाधिकारीकोमा धाउने स्थिति रहेसम्म प्रत्यक्ष वा अप्रत्यक्ष प्रणालीको निर्वाचनको कुराले सारत फरक पार्दै पार्दैन ।

महासंघले श्रमजीवी पत्रकार, देश र जनताको पक्षमा लामो समयदेखि निरन्तर लडिरहेका साना लगानीका मिडिया, लामो समयदेखि राष्ट्र र जनताको पक्षमा मिशन पत्रकारिता गरिरहेका वरिस्ठ पत्रकारहरुको पक्षमा खासै भूमिका खेल्न नसकेको, महासंघको हिजोको एनजीओ/आईएनजीओको चरित्रलाई नबदलेर त्यतै रमाइरहेको भनेर आलोचना भइरहेको सन्दर्भमा महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीलाई ठूलो मुद्धा बनाएर बहस गरिरहेको चर्चा पत्रकारहरुबीचमा छ ।  

 

एकता रहिरहला ?

जनयुद्ध र जनआन्दोलनमा नेपाल पत्रकार महासंघले सकारात्मक भूमिका खेलेकाले नै यसप्रति आकर्षण कायम नै छ । यसैले पनि यसको साझा चरित्र बचिरहोस भन्नेमा अगुवा पत्रकारहरुको विशेष जोड छ । तर, प्रत्यक्ष निर्वाचन प्रणाली लागू भएको अवस्थामा नेपाली कांग्रेस निकट प्रेस युनियन जिल्लादेखि केन्द्रसम्मको आगामी निर्वाचनमा सिनित्तै बढारिने खतरा छ । आफू निर्वाचित नहुँदा पनि महासंघमा रहिरहने उसले प्रतिबद्धता जनाउने हो भने प्रेस चौतारी, प्रेस सेण्टर (दुई संगठनको एकतापछि प्रेस संगठन बन्ने प्रक्रियामा छ) ले त यसलाई विरोध गर्नुपर्ने कारण नै छैन । दुई वटा संगठन मिलेको स्थितिमा तलदेखि माथिसम्म ६० प्रतिशतको हाराहारीमा यसको प्रभाव छ । प्रत्यक्ष निर्वाचन भएको खण्डमा सानातिना अन्तर्घात भए पनि तीन वटै तहको नेतृत्वमा लगभग शत प्रतिशत विजय प्रेस संगठनले हासिल गर्नेछ । 

प्रेस युनियनलाई आफूले पहिलेदेखि नै उठाएको र यसबाट पछि हट्दा मुद्धा चिप्लिने चिन्ता देखिन्छ । यसैले उसलाई अहिले नखाउ भने दिनभरको शिकार खाउँ भने कान्छा बाबुको अनुहार भएको छ । साधारणसभाको हलमा कुनै पनि वहानामा युनियन यो मुद्धाबाट पछि हट्न पनि सक्ने अनुमान एकथरिले गरेका छन् । 

 

प्रेस युनियनका अध्यक्ष वद्रि सिग्देल भन्छन, ‘यो हिजोदेखि नै हामीले नै जोड गरेको मुद्धा हो । नेपाल पत्रकार महासंघको निर्वाचनका बेलामा प्रेस युनियन, प्रेस सेण्टरसँगको सहमतिपत्रमा महासंघको नेतृत्वले यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थियौं । महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश बिस्टसहितका साथीहरुले धेरै मेहनतका साथ यसलाई पारित गर्ने अवस्थामा आउनु भएको छ । यसको पहिला विपक्षमा रहेका प्रेस चौतारीलाई समेत महासंघको नेतृत्वले निकै मेहनत गरेर कन्भिन्स गरेको बताइरहनु भएको छ । संगठनका गणितमा तत्काल सामान्य तलमाथि भएकै आधारमा हामी पछि हट्न सक्ने अवस्था नै छैन । एकातिर मुद्धाको स्वामित्व गुम्ने र अर्कातिर नैतिक दवाव झेल्नुपर्ने अवस्था हुन्छ । हामीले यसलाई पारित गर्नैपर्छ ।’

 

‘प्रेस चौतारीले निर्वाचन प्रणालीलाई भन्दा पेशागत मुद्धालाई प्राथमिकता दिऔं भनेर तत्काल निर्वाचन प्रणालीमा खासै महत्व नदिएको हो । साथीहरुले यसमा जाँदा राम्रो हुन्छ भनेर सहमति हुने, देशैभरि जुन प्रणालीबाट जाँदा पनि हामी तलदेखि माथिसम्म जित्ने अवस्थामा हामी यसबाट भाग्न सक्ने अवस्था नै छैन । फेरि हिजो प्रेस चौतारी र सेण्टर थिए, अलग अलग मुद्धा थिए तर एक ठाउँमा भएपछि दुवै पक्षको सकारात्मक कुराको हामीले स्वामित्व लिएर नै जान्छौ’, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत बताउँछन । 

 

प्रेस सेण्टरका अध्यक्ष महेश्वर दाहाल भन्छन, ‘निर्वाचन प्रणाली परिवर्तन हुने वित्तिकै महासंघले ठूलै फड्को मार्छ भन्ने मलाई लाग्दैन । यति कारणले मात्र यसले अलग वर्ग चरित्र बोक्दैन । यो केवल निर्वाचन प्रणालीसँग सम्बन्धित प्राविधिक पक्ष मात्र हो । विगतका राजनीतिक आन्दोलनमा सकारात्मक काम गरेर राम्रो छवि बनाएको नेपाल पत्रकार महासंघलाई लामो समय एकीकृत बनाइरहन कुन नीति र विधिबाट सकिन्छ, अझ यसलाई कसरी प्रभावशाली बनाउनु पर्छ भन्नेमा चिन्ता र चिन्तन गर्नुप¥यो । अहिले हामीले निर्माण गरेको विधिले कुनै पनि प्रवृत्ति वा पक्ष वाहिर बस्ने अवस्था नआओस् भन्ने कुरा नै हो । सहमति भएर जाँदा जे गर्दा पनि राम्रै हुन्छ । थोरै पनि आशंका र असहमति हुँदा पनि सबै पक्षलाई कन्भिन्स गरेर नै जानुपर्छ । बहुमत, दुई तिहाई या मतदानको प्रक्रियाबाट यसको छिनोफानो गर्नु हुँदैन । कुनै पक्ष वा प्रवृतिलाई विधि वा गणितका आधारमा निषेध गरियो भने महासंघको साझा चरित्र कमजोर हुन्छ, समाप्त हुनसक्छ । 

 

राजनीतिक दलसँग निकट पत्रकार संगठनको मुख्य नेतृत्वको माथिल्ला अभिव्यक्तिले पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा नै महासंघ जाने सम्भावना बढी छ । पोखरामा आएका एक हजार तीन सय ५० पार्षद् र विभिन्न तहका नेतृत्वमध्ये अधिकांश नै यी तीन संगठनमा नै आबद्ध छन् । कुनै त्यस्तो अचम्म भएन भने पार्षद् वा सभासद्हरुले यो साधारणसभामा आफूलाई विघटन गर्ने निर्णय गर्दैछन् ।