सभ्रान्तलाई होइन बुढाबु्ढीलाई सोध्दा थाहा हुन्छ जीवनमा फरक परेको छ कि छैनः प्रधानमन्त्री ओली

सभ्रान्तलाई होइन बुढाबु्ढीलाई सोध्दा थाहा हुन्छ जीवनमा फरक परेको छ कि छैनः प्रधानमन्त्री ओली

काठमाडौं, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि भएको छैन भन्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन् । आँखा बन्द गरेर केही भएन भनिएको भन्दै उनले के भिन्नता छ भनेर थाहा पाउन आँखा खोलेर हेर्न आग्रह गरे ।

दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछाडि नलाग्न आग्रह गरे ।

निश्चित उद्देश्य बोकेको मानिसहरुले मात्र केही भएको छैन भनेर भ्रम फैलाएको उनले बताए । सभ्रान्त वर्गको घर, जागिर, गाडी सम्पत्ति भएकोले फरक नपरेको होला तर बुढाबुढीहरुलाई गएर सोध्दा जीवनमा फरक परेको छ कि छैन त्यो थाहा पाइने प्रम ओलीले बताए । 

हालै मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा रातारात काम गरेर जस्तो जहाज पनि बस्नसक्ने एयरपोर्ट बनाएको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘ठूलो जहाज बस्दैनथ्यो, अहिले बस्छ ।’
हरेक नेपालीको बैंक खाता खोल्ने, नेपालको पानीमा जनताको लगानी जस्ता अभियान सुरु गरिएको, बाटोघाटो, पुलहरु बनाएको उनले स्मरण गरे ।